समाचारआइतबार, आश्विन १२, २०७१
बाढी पीडितलाई चीन सरकारको तीन करोड
नेपालका लागि चीनका राजदूत ऊ चुन्ताईले १३ असोजमा गृहमन्त्री वामदेव गौतमलाई उक्त सहयोग रकम हस्तान्तरण गरेका हुन् । चीनको दक्षिणपूर्वी क्षेत्रको युनान प्रान्तीय सरकारका तर्फबाट प्रदान गरिएको सहयोग प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा हुनेगरी हस्तान्तरण भएको हो ।
गृहमन्त्री गौतमले प्रकोप पीडित जनताका लागि चीनले पु¥याएको सहयोगको सराहना गर्दै राजदूत चुन्ताईमार्फत युनान प्रान्तीय सरकारलाई धन्यवाद दिए ।
कोषमा २०८ सङ्घसंस्था तथा व्यक्तिगत गरी ३८ करोड ८६ लाख ३६ हजार जम्मा भएको छ । जम्मा भएको मध्ये रु ३२ करोड २६ लाख नौ हजार राहत वितरण, पुनःस्थापना तथा पुनः निर्माणका लागि गृह मन्त्रालयले जनाएको छ ।
