समाचारसोमबार, आश्विन १३, २०७१
धादिङमा दुई यात्रु बस ठोक्किए, पाँचको मृत्यु
काठमाडौं काँकडभिट्टा जाँदै गरेको बा ५ ख ४३८४ नम्बर बस बुटवलबाट काठमाडौं आउदै गरेको ना ३ ख ७६३३ नम्बर बस १३ असोज विहान ठोक्किएको थियो ।
दुर्घटनामा काठमाडौँ आउदै गरेको बसका चालकसहित दुई र काँकडभिट्टा गइरहेको बसका तीनजना यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकहरुको सनाखत भइसकेको छैन ।
