समाचारमंगलबार, आश्विन १४, २०७१

दलहरु आफ्नै अडानमा, सहमति जुटेन

हिमालखबर

प्रमुख राजनीतिक दलहरु विवादित विषयमा सहमति जुटाउन सिंहदरवामा बैठक बसेको थियो । संवैधानिक राजनीतिक तथा सम्वाद समितिका सभापति डा.बाबुराम भट्टराईले १३ असोजमा प्रस्तुत गरेको अनौपचारिक प्रस्तावमा पनि सहमति भएन ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, नागरिकताको विषयलगायतमा दलहरुबीच सहमति जुट्न सकेको छैन । संविधानसभाले दलहरुलाई १४ असोजसम्म सहमति कायम गर्न निर्देशन दिएको छ । तर, सहमतिका लागि २१ असोजसमेत प्रयत्नमा रहन सभामुख सुवास नेम्वाङले बताएका छन् ।

विवादित विषयमा सहमति जुटाउन तीन दलीय कार्यदललाई जिम्मा दिएको छ । कार्यदलमा नेपाली काँग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला र नेता नरहरि आचार्य, नेकपा (एमाले)का उपाध्यक्ष भीमबहादुर रावल र अग्नि खरेल र एकीकृत नेकपा (माओवादी)का महासचिव कृष्णबहादुर महरा र नेता खिमलाल देवकोटा सदस्य छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>