समाचारबुधबार, आश्विन १५, २०७१
सीके राउतले अनशन तोडे
राउतले एघारौं दिनमा १५ असोजमा अनशन तोडेका छन् । उनलाई सरकारले अभिव्यक्ति एवं नागरिक हकको सम्मान गर्ने प्रतिवद्धता जनाएका छन् ।
कांग्रेस उपसभापति रामचन्दै पौडेल, सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजाललगायतले राउतलाई अनशन तोडाएका थिए ।
मधेसलाई छुट्टै राज्य समेत बनाउन सकिने अभिव्यक्ति दिएपछि राउतलाई राज्यद्रोहको मुद्दा दायर गरिएको छ ।
