समाचारशुक्रबार, आश्विन १९, २०६९
लक्ष्मण थारु थरुहट तराई पार्टीबाट निष्काशित
१९ असोजमा पार्र्टीका पदाधिकारीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै लक्ष्मण थारुले थरुहट आन्दोलनप्रति ठूलो धोखा र राजनीतिक गद्दारी गरेको भन्दै थरुहट तराई पार्टीको अध्यक्ष पद र साधारण सदस्यता समेत नरहने गरी बर्खास्त गरिएको जनाएका छन् ।
विज्ञप्तिमा थारुलाई संगठनलाई ढुलमुले चरित्र, अक्षमता र नीहित स्वार्थका कारण धरासायी बनाउन सदा दुष्प्रयास गरी अधोगतिमा जान उद्दत रहने आरोप लगाउँदै एकाएक मधेशी जनाधिकार फोरम लोकतान्त्रिकको नाजायज प्रभावमा परेको उल्लेख गरिएको छ ।
१८ असोजमा दाङको लमहीमा मधेशी जनाधिकार फोरमले आयोजना गरेको एक कार्यक्रममा लक्ष्मण थारुले थरुहट तराई पार्टी नेपाल, विजय गच्छदार नेतृत्वको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकमा समाहित भएको घोषणा गरेका थिए ।
