समाचारबिहीबार, आश्विन १६, २०७१
गोली प्रहारबाट एक घाइते
पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरका अनुसार १५ असोज राति कल्याणपुर–४ बस्ने ३० वर्षीय मोहमद सम्सुल मियाँलाई अपरिचित समूहले गोली प्रहार गरेका थिए ।
घर नजिकैको खोलामा शौच गरेर फर्कंदै गर्दा उनीमाथि गोली प्रहार भएको थियो । उनको दाहिने पाखुरामा गोली लागेको छ ।
मियाँको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
