समाचारबिहीबार, आश्विन १६, २०७१
‘दशैंले नेताहरुलाई हठ त्याग्न अभिप्रेरित गरोस्’
उनले १६ असोजमा शुभकामना बक्तव्य जारी गर्दै अधिकार प्राप्तिको उपलब्धीलाई संस्थागत गर्न नेताहरुले हठ त्याग्नैपर्ने जनाएका छन् ।
वक्तव्यमा भनिएको छ, ‘‘…. संविधान निर्माण गरी संस्थागत गर्दै सबैमा कर्तव्यबोधको भावनासहित आर्थिक विकासको बाटो खोल्न सकेमा मात्र अवसर र समृद्धि प्राप्तिको जनचाहनालाई पुरा गर्न सकिनेछ । यसको निम्ति आ–आफ्ना हठहरुलाई त्यागेर लचकताका साथ सहमति निर्माण गरी राष्ट्रिय एकताको भावना सहित जनताको शक्तिलाई एकिकृत गर्नु आजको अपरिहार्य आवश्यकता हो ।’’
उनले आउँदो बर्ष सबै नेपाली एवम् त्यसमा पनि रजनीतिको मूल नेतृत्वमा बस्नेहरुको लागि अवसर र चुनौतीको रुपमा रहेको जनाएका छन् ।
