थप समाचारशनिबार, आश्विन १८, २०७१
अव काठमाडौँमै प्याराग्लाइडिङ
दक्षिण कोरियाको प्यारालभ कम्पनी र नेपालको काठमाडौँ एन्ड ह्यान्ड ग्लाइडिङ कम्पनी प्रालिको संयुक्त प्रयासमा ललितपुर विसङ्खुनारायण क्षेत्रबाट प्याराग्लाइडिङ हुनेछ ।
विसङ्खुनारायणको कोटडाँडा, चापाखर्क र विष्टछाप इलाकामा हुने हवाई मनोरञ्जनका लागि चालकसहितको पाँच र एकल पाँच गरी दस ग्लाइडर प्रयोगमा ल्याइने कम्पनीका अध्यक्ष मुकुन्दप्रसाद अधिकारीले बताए ।
अधिकारीले भने, “पोखरापछि ललितपुरमा सुरु हुने प्याराग्लाडिङबाट काठमाडौँ, भक्तपुर र ललितपुरको राम्रो दृश्यावलोकन गर्न सकिन्छ ।’’ कम्पनीले एक वर्षअघिदेखि परीक्षण गरिरहेको छ ।

