समाचारमंगलबार, आश्विन २१, २०७१
पद्यश्री साधना सम्मान मनु बज्राकीलाई
२१ असोजमा काठमाडौंस्थित रसिय
न कल्चरमा ‘खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठान’ले दुई लाख राशीको साधना सम्मान बज्राकीलाई र एक लाखको साहित्य पुरस्कार गौतमलाई प्रदान गरिएको हो ।
पद्यश्री साहित्य सम्मानबाट सम्मानित बरिष्ठ आख्यानकार गौतमले दुई दर्जन उपन्यास लेखिसकेका छन् । सम्मान पछि बोल्दै गौतमले यो भावनात्मक सम्मानले साहित्य यात्रालाई अझै लम्व्याउन उत्साहित गराएको बताए ।
हाल अमेरिकामा रहेका बज्राकीको सम्मान उनका छोराले लिएका थिए । कथाकार बज्राकी अन्नपूर्णको भोज कथा संग्रहमा सम्मानित भएका हुन् ।
प्रतिष्ठानका संरक्षक जीवा लामीछानेले घर, जागिर, भौतिक सुख भन्दा पनि साहित्यिक सुख ठूलो हुने भएकाले यो पुरस्कारको स्थापना गरिएको बताए । एनआरएन पूर्व अध्यक्ष समेत भएका लमिछानेले चितवनको पद्यपुरबाट पुरस्कार ०६२ मा स्थापना गरेका हुन् ।
