समाचारमंगलबार, आश्विन २१, २०७१
प्रधानमन्त्रीद्वारा आन्दोलन फिर्ता लिन मोर्चालाई आग्रह
कांग्रेसले २१ असोजमा आयोजना गरेको चियापान कार्यक्रममा पार्टी सभापति एवम् प्रधानमन्त्री कोइरालाले आगामी ८ माघभित्र सहमतिमा संविधान निर्माण गर्नतिर लाग्नुपर्ने भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका हुन् ।
उनले आन्दोलन वा विवादबाट नभई बार्ताकै माध्यमबाट मुलुकमा संविधान निर्माण गर्नुपर्ने बताए । उनले आन्दोलन फिर्ताका निम्ति बार्तामा बस्न आफु तयार रहेको बताए ।
एमाओवादीसहित २२ दलीय मोर्चाले २० असोजमा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।
