समाचारबुधबार, आश्विन २२, २०७१

नाष्टले चन्द्रग्रहणको अवलोकन गराउने

हिमालखबर

विगतमा पनि ग्रहण लागेको अवस्थामा अवलोकन गराउँदै आएको प्रतिष्ठानले आज लाग्ने चन्द्रग्रहणको अवलोकन प्रतिष्ठानको केन्द्रीय कार्यालय परिषद् खुमलटारमा गराउने व्यवस्था गरेको प्रतिष्ठानका प्रवद्र्धन तथा प्रचार महाशाखाका प्रमुख नरेन्द्रकुमार सिंहले जानकारी दिए ।

दिउँसो २:५९ मिनेटपछि चन्द्रग्रहण सुरु हुने भएपनि नेपालबाट भने चन्द्र उदाएपछि ५:५१ मिनेटपछि मात्र देख्न सकिने भएकाले प्रतिष्ठानले ५:३० बाट दुरबिनको प्रयोगबाट चन्द्रमाको अवलोकन गर्ने व्यवस्था मिलाएको हो ।

चन्द्रग्रहण बेलुकी ६ बजेर १९ मिनेटमा समाप्त हुने पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमले बताए ।रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>