समाचारबुधबार, आश्विन २२, २०७१
नौ प्रदेश र संसदीय प्रधानमन्त्रीः कांग्रेस–एमाले
जनताबाट प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको अडान राख्दै आएको एमालेले आफ्नो अडान छोडेपछि कांग्रेससँग एउटै अवधारणा बन्न गएको हो । कांग्रेसले संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने अडान राख्दै आएको छ ।
यसअघि कांग्रेसले नौ प्रदेशसम्मको राज्य पुनःसंरचनामा जाने निर्णय गरेको थियो । एमालेले संविधान निर्माण गर्न हदैसम्म चलक हुने भन्दै पदाधिकारी बैठकबाट नौ प्रदेश र संसदबाट निर्वाचित प्रधानमन्त्रीमा सहमत हुने निर्णय गरेको छ ।
एमाले उपमहासचिव घनश्याम भूसालले संविधान निर्माणलाई सुनिश्चित गर्न अडान छोड्न सक्ने निर्णय गरेको बताए । नयाँ संविधानमा बढी विवादित विषय पनि यही हो । जसको कारण पहिलो संविधानसभा बिघठन भएको थियो ।
