समाचारबुधबार, आश्विन २२, २०७१
एमाओवादीको आन्दोलन औचित्यहीनः आलम
उनले संविधान निर्माणको अन्तिम चरणमा माओवादी तथा मधेसी मोर्चाको आन्दोलन देशका लागि दुर्भाग्यपूर्ण र तीन करोड जनताको चाहना विपरीत भएको बताए । ८ माघमा संविधान जारी गर्नुको विकल्प नरहेकाले सहमति हुन नसके प्रक्रियामा गएर संविधानसभामार्फत जारी गरिने उनले बताए ।
गृहनगर रौतहटको राजपुर फरहदवा गाविसस्थित आफ्नै निवासमा २२ असोज बिहान बकर इदको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रममा उनले संविधान निर्माणमा ध्यान केन्द्रित हुनुपर्ने बेला मधेसी नेताहरुको ध्यान सीके राउततिर हुनु दुखद् भएको बताए ।
