समाचारबिहीबार, आश्विन २३, २०७१
संसद अवरोध गर्ने कमल थापाको चेतावनी
२३ असोजको संसद बैठकमा अध्यक्ष थापाले प्रधानमन्त्रीले नै हस्ताक्षर गरिएको समितिबारे प्रष्ट पार्न माग गरेका छन् । थापाले भने, ‘‘जनताको प्रतिनीधिलाई नै थाहा नहुने गरी कुन वैधानिकताका आधारमा समिति गठन गरियो, प्रष्ट जवाफ दिनुप-यो ।’’
थापाले अर्काे बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुपर्ने बताए । थापाले कांग्रेस एमालेले आफ्नो पार्टीलाई निषेध गर्न खोजेको आरोप लगाए । उनले प्रश्न गरे, ‘‘कांग्रेस एमालेलाई भोट हाल्ने जनता मालिक अनि राप्रपा नेपाललाई भोट हाल्ने चाँही दास हो ?’’
उनले संविधान निर्माणको प्रकृया विधिलाई मिचेर अघि बढे आफुहरु बलिदान दिन तयार रहेको बताए ।
