समाचारबिहीबार, आश्विन २३, २०७१
नन्दप्रसादको शव नउठेकामा संसदमा चिन्ता
संसदको विषेश समयमा बोल्दै कांग्रेसका सभासद अर्जननरसिंह केशीले छोरा कृष्णप्रसादको हत्याका अभियोगीलाई कार्बाहीको माग राख्दै अनशनमा बसेका अधिकारीको निधन हुनु दुखद् भएको भन्दै शव नउठ्नु अझै चिन्ताको विषय भएको बताए ।
उनले निधन भएका अधिकारीको शव र ३३९ दिनसम्म अनशन बसिरहेका गंगामाया अधिकारीबारे सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
एमाओवादी सभासद शक्तिबहादुर बस्नेतले भने शान्ति प्रक्रियालाई निष्कर्षमा पु-याउन सहमतिका आधारमा सत्य निरुपण तथा राष्ट्रिय मेलमिलाप आयोग तत्काल गठन गर्न माग गरे । उनले आफ्नो पटक–पटकको मागलाई सरकारले वेवास्ता गरेको बताए ।
एमालेका सभासद अनन्तप्रसाद पौडेलले स्थानीय निकायको अनुदान थप गर्न माग गरे । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका रामकुमार सुब्बाले पूर्वाञ्चल विश्वविद्यालयमा भ्रष्टाचारलाई बढावा दिने काम भइरहेकोतर्फ ध्यानाकर्षण गरा एभने राष्ट्रिय प्रजातन्त्र पार्टीका परशुराम तामाङले एसियाड खेल प्रतियोगितामा नेपालीले कुनै पदक जित्न नसक्नुमा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्को द्वन्द्व तथा खेलाडीले पाउनुपर्ने प्रोत्साहनको अभाव रहेको बताए ।
