समाचारबिहीबार, आश्विन २३, २०७१
कांग्रेसका नेताहरुले हिन्दु राज्य मागे
२२ असोजमा बीपी चिन्तन प्रतिष्
ठानको आयोजनामा ती नेताहरुले सनातन हिन्दु राज्य हुनुपर्ने माग गरेका छन् । हिन्दु राज्य हुनुपर्ने अभियान अन्तर्गतको कार्यक्रममा केन्द्रीय नेताहरु, पूर्व सभामुख, पूर्वमन्त्री र बर्तमान सभासदहरु समेत छन् ।
पूर्व सभामुख तारानाथ रानाभाट र जेष्ठ सदस्यको हैसियतमा पहिलो संविधानसभाको सभामुख बनेका कुलबहादुर गुरुङ पनि यो अभियानमा छन् ।
यस्तै, खुमबहादुर खड्का, चिरिञ्जिवी वाग्ले, दीपकुमार उपाध्य, लक्ष्मणप्रसाद घिमिरे, पूर्णकुमार शेर्मालगायत नेताहरुले हिन्दू राज्य मागेका छन् । यस्तै, २२ जना बर्तमान सभासदहरु पनि यो अभियानमा रहेको आयोजकले जनाएको छ ।
