समाचारशनिबार, आश्विन २०, २०६९

चितवनमा चन्दा आतंक

हिमालखबर

नेकपा–माओवादी र एकीकृत नेकपा माओवादी निकट विद्यार्थी सङ्घ सङ्गठनले निजी शिक्षण संस्थाहरुसँग तोकेरै चन्दा मागिरहेको गुनासो आएको छ । जिल्लास्तर र केन्द्रीय कार्यक्रम गर्न भन्दै उनीहरुले चन्दा मागेको एक निजी विद्यालयका प्राचार्यले बताए ।

पर्यटकीय क्षेत्र सौराहामा पनि यतिबेला चन्दा माग्ने क्रम बढेको व्यवसायीहरुको भनाइ छ । क्षेत्रीय होटल सङ्घ सौराहाका पूर्व अध्यक्ष गिरिधारी चौधरीले भूमिगतकालको झझल्को दिने गरी नेकपा–माओवादीले सहयोग गर्नुपर्छ भन्दै हिँडेपछि व्यवसायीहरु अप्ठ्यारोमा परेको बताए ।

राजनीतिक दल स्वयम् र तिनका भ्रातृ सङ्घ सङ्गठनले आयोजना गर्ने विभिन्न कार्यक्रमका नाममा माग्ने चन्दाका कारण व्यवसायीहरु मर्कामा परेका हुन् । विगत दुई महिना यता चितवनका व्यवसायीहरुसँग विभिन्न सङ्घ सङ्गठनले दबाबपूर्ण ढङ्गले चन्दा माग्दै आएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) चितवनका अध्यक्ष बेलबहादुर गुरुङले विद्यार्थी सङ्घसङ्गठन र पार्टी सबैले तोकेरै चन्दा माग्दा अप्ठेरो परेको बताए । सबैले सहयोग गर्नुप¥यो भन्दै चन्दा माग्ने गरेको उनको गुनासो छ ।

पार्टी र सङ्घ सङ्गठनले बजार क्षेत्रमा पनि दबाबपूर्ण ढङ्गबाट चन्दा माग्दै आएको व्यवसायीहरुको गुनासो छ । चाडवाडको बेला स्थानीय सङ्घ संस्थाहरुले समेत रकम माग गर्ने हुँदा व्यवसायीहरु अप्ठ्यारोमा पर्ने गरेका छन् ।

नेपाली काँग्रेस निकट स्वाथ्यकर्मीहरुको हालै भरतपुरमा सम्पन्न केन्द्रीय भेलाका लागि पनि शिक्षण संस्थाहरुबाट मोटो रकम माग गरिएको थियो । त्यसअघि नेकपा एमाले चितवनको अधिवेशनका लागि भन्दै चन्दा उठाइएको थियो ।

उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष डा तिलचन्द्र भट्टराई सङ्घ सङ्गठनले तोकेरै चन्दा मागेपछि व्यवसायीहरु मर्कामा परेको बताउँछन् । निमित्त प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल सुरक्षा समितिको बैठकले जबरजस्ती रकम माग गर्नेलाई कडा कारबाही गर्न रणनीति तयार पारेको बताएका छन् । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>