समाचारशुक्रबार, आश्विन २४, २०७१

विवादित विषय संवैधानिक समितिमै फर्काइयो

हिमालखबर

३० असोजसम्म सहमति कायम गर्न भन्दै दोस्रो पटक समितिमै विवादित विषयलाई फर्काइएको सभासद पार्वत गुरुङले बताए । यसअघि, सहमति कायम गर्न समितिलाई २१ असोजसम्मको समय दिइएको थियो ।

संविधानसभाले २१ असोजमा सहमति कायम नभए प्रकृयामा जान भनेपनि दलहरुले सहमतिमै संविधान बनाउँने भन्दै पुनः समय थपिएको छ । कार्यतालिका अनुसार ३० असोजसम्म संविधानको मस्यौदा तयार पार्नुपर्ने थियो ।

राज्य पुनःसंरचना, शासकीय स्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा सहमति जुट्न सकेको छैन ।

संविधानसभाले ३० असोजसम्ममा सहमति नजुटे ३१ असोजमा प्रश्नावली तयार पार्न निर्देशन दिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>