समाचारशुक्रबार, आश्विन २४, २०७१

नेपाली बालिका बचाउने सत्यार्थीलाई नोवल शान्ति पुरस्कार

हिमालखबर

satyartheeउनले पाकिस्तानी यूसुफ्जाई मलालासँग संयुक्त रुपमा यो पुरस्कार पाएका हुन् । सत्यार्थीले ०६१ मा भारतीय सरकारलाई दबाब दिएर पीडित नेपाली बालिकाको उद्धार गरेका थिए ।

सत्यार्थीले बचाएका नेपाली बालिकाहरुको रिर्पाेट हिमाल खबरपत्रिकाको (१६–३१ असार ०६१) अंकमा प्रकाशित छ ।

नेपाली बालिकाको उद्धारका निम्ति ०६३ मा नेपालमै आएर दबाब -याली प्रदर्शन गरे । सत्यार्थी ‘बचपन बचाओ आन्दोलन’ नामक गेरसरकारी संस्थामार्फत बालबालिकाको उद्धारमा सक्रिय छन् ।


 

नोवल शान्ति पुरस्कार सत्यार्थी र मलालालाई

यो बर्षको नोवल शान्ति पुरस्कार बालअधिकारकर्मी कैलाश सत्यार्थी र बालशिक्षाका अभियान्ता मलाला यूसुफ्जाईले पाउँने भएका छन् ।

भारतीय नागरिक सत्यार्थीले बालबालिका क्षेत्रमा एक गैरसरकारी संगठन चलाइरहेका छन्, भने पाकिस्तानी मलालाले इस्लामिक मुलुकका महिलालाई शिक्षा दिनुपर्ने अभियान चलाउँदै आएका छन् ।

उनीहरुलाई सन् २०१४ को पुरस्कार संयुक्त रुपमा प्रदान गरिने घोषणा गरिएको बीबीसीले जनाएको छ ।

मलाला १७ बर्षको मात्रै छिन् । उनी नोवेल शान्ति पुरस्कार पाउने मध्ये सवैभन्दा कम उमेरकी हुन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>