समाचारशनिबार, आश्विन २५, २०७१
पूर्व युवराज पारसलाई जेलै पठाउने संभावना
गत १९ असोजमा पारसलाई प्रहरीले चौथो पटक पक्राऊ गरेकाे हो ।
तर, यसअघि उनलाई धरौटीमा छोडिएको थियो । शाह अक्टोबर २०१२ मा गाँजासहित, डिसेम्बर २०१२ मा अपार्टमेन्ट तोडफोडको आरोपमा, जुलाई २०१४ मा गाँजासहित र यो पटक पनि गाँजासहित पक्राऊ परेका हुन् ।
२५ असोजको नयाँ पत्रिका दैनिकले अदालतमा मुद्दा दोहोरिएकाले जेल सजाय हुन सक्ने अनुमानसहितकाे समाचार लेखेकाे छ ।
