समाचारशनिबार, आश्विन २५, २०७१
दाहाल अनुपस्थित हुँदा बैठक बस्न सकेन
प्रमुख तीन दल, मधेस केन्द्रीत दल र साना दलहरुलाई समेटेर बनाइएको समितिको बैठक २५ असोजमा बोलाइएको थियो । तर, समितिका संयोजक दाहाल मुस्ताङबाट काठमाडौं नफर्किएपछि बैठक बस्न नसकेको एक नेताले बताए ।
समिति गठनको माग गर्दै १३ भदौदेखि संसद अवरुद्ध गरिरहेपछि दलहरुले समिति गठन गरेका थिए । दलहरुबीेचकाे दुरीमा सहजता ल्याउन र शान्ति प्रकृयाका बाँकी काम पूरा गर्न भनेर गठीत समितिको संयोजकमा दुई महीनाका लागि दाहाललाई संयोजक बनाइएको छ ।
