थप समाचारशनिबार, आश्विन २५, २०७१

प्रहरीको गोलीबाट एकको मृत्यु

हिमालखबर

सडक मर्मतको माग गर्दै आन्दोलित बारा हरिहरपुरका Simraungadh Basi Andplit Bara (12)स्थानीय र प्रहरीबीच झडप हुँदा प्रहरीको गोलीले एक स्थानीयको मृत्यु भएको छ ।

प्रहरीको गोलीबाट हरिहरपुर–७, का ४० बर्षीय जयनारायणप्रसाद पटेलको मृत्यु भएको छ, भने अन्य दर्जन स्थानीय घाइते भएका छन् । कलैयाबाट सिम्रौनगढ जाने गण्डक नहरको बाटो मर्मतको माग गर्दै आन्दोलित स्थानीयसँग प्रहरीको झडप भएको थियो ।

घाइतेहरुको बिरगञ्जस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको छ । त्यहाँ उपचार हुन नसकेकाहरुलाई काठमाडौं ल्याइएको छ ।

प्रहरीले स्थिति नियन्त्रणमा ल्याउन अस्रु ग्याँस फालेका थिए । झडपबारे प्रशासनले प्रतिक्रिया दिएको छैन ।

श्याम गुप्ता, बारा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>