समाचारसोमबार, आश्विन २७, २०७१
मृतकको नाममा सडक बन्ने भएपछि संसद खुल्यो
२७ असोजको बैठक सुरु हुनासाथ मेधसीलगायतका विपक्षी दलहरुले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै अवरुद्ध गरेका थिए ।
गृहमन्त्री बामदेव गौतमले बारामा स्थानीय प्रशासनसँग दलहरुले गरेको सहमति अनुसार मृतक पटेलको नाममा सडक खण्ड बन्ने, उनको परिवारलाई राज्यले हेर्ने र मृतकको घरसम्म सडक पु¥याइने भनेपछि संसद सुरु भएको सभासद पीके राईले बताए ।
२५ असोजमा सिम्रौनगढमा आन्दोलनमा उत्रिएको स्थानीयसँग झडपका क्रममा प्रहरीको गोली लागेर पटेलको मुत्यु भएको थियो ।
गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद अवरुद्ध
गृहमन्त्री बामदेव गौतमले बारा सिम्रौनगढको घटनाबारे दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै २७ असोजको व्यवस्थापिका संसद बैठक अवरुद्ध भएको छ ।
मधेसी तथा अन्य विपक्षी दलहरुले गृहमन्त्रीको जवाफ चित्तबुझ्दो नभएको भन्दै संसद अवरुद्ध गरेको छ ।
गृहमन्त्री गौतमले संसदमा प्रहरीले आत्मसुरक्षाका निम्ति गोली चलाएको बताएका थिए ।
२५ असोजमा सिम्रौनगढमा प्रहरीको गोली लागेर ३५ बर्षीय जयनारायण पटेलको मृत्यु भएको थियो ।
