समाचारसोमबार, आश्विन २७, २०७१
‘आन्दोलन फिर्ता नभए राजनीतिक समितिमा बस्दैनौं’
रिर्पाेटर्स क्लबको कार्यक्रममा २७ असोजमा बोल्दै ज्ञवालीले समितिका संयोजक रहेका एमाओवादी अध्यक्ष दाहालले दोहोरो भूमिका छोड्नुपर्ने बताए । उनले भने, ‘‘आन्दोलन नरोके एमाले समितिमा बस्दैन ।’’
यसअघि, कांग्रेस सभापति एवम् प्रधानमन्त्री सुशील कोइरालाले उक्त समितिमा नबस्ने जनाइसकेका छन् । पहिचानसहितको संघीयताका लागि दबाब दिन भन्दै एमाओवादीलगायतले आन्दोलनको कार्यक्रम गरिरहेको छ ।
