समाचारसोमबार, आश्विन २७, २०७१
अत्याधिक गतिको बस पल्टिदा तीनको मृत्यु

रत्नपार्क–धुलिखेल चल्ने बा१ख ८६७७ नम्बरको बस २७ असोज साँझ बबरमहलमा दुर्घटना भएको हो । दुर्घटनामा परेर महोत्तरीका तिलकुमार गौतम र बाराका मकदुद मिया ठकुरायनको मृत्यु भएको हो। अर्का मृतकको भने पहिचान खुल्न सकेको छैन । मृतक सबै मोटरसाईकलमा सवार थिए । अत्याधिक गतिमा आएको बसले तीन मोटरसाईकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरूको नयाँबानेश्वरस्थित सिभिल र वीर अस्पतालमा उपचार भईरहेको छ । घाइते मध्ये कैलालीका पदमप्रसाद शर्मा र पाँचथरका यम मगरको अवस्था गम्भीर छ।
बसका चालक फरार छन् ।
