समाचारमंगलबार, आश्विन २८, २०७१
सीके राउतलाई धरौटीमा छोड्न आदेश
२८ असोजमा न्यायाधीश मोहनमरण भट्टराई र भूपेन्द्रप्रसाद राईको संयुक्त इजलासले राउतलाई धरौटीमा छोड्न आदेश दिएको हो । २३ असोजदेखि सुरु भएको बहस सकिएपछि अदालतले धरौटीमा छोड्न आदेश दिएको विशेष अदालतका प्रवक्ता टेकबहादुर घिमिरेले बताए ।
राउतको पक्षमा १४ जना वकिलले बहस गरेका थिए । राउत पक्षमा धेरै वकिल भएकाले बहस लम्बिएको थियो ।
राजद्रोहको अभियोग लगाउँदै गत २२ असोजमा उनको मुद्दा दर्ता भएको थियो । उनलाई देश टुक्र्याउने अभियान चलाएको भन्दै गत २८ भदौमा प्रहरीले पक्राउ गरेको थियो ।
तर, राउतले धरौटी बुझाउन नसकेपछि थुनामै राखिएको छ ।
