समाचारबुधबार, आश्विन २९, २०७१

‘प्रधानमन्त्रीको सिरानीमा १२ लाख कसरी आयो ?’

हिमालखबर

संसदको शून्य समयमा बोल्दै सांसदहरुले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति र व्यवहारमाथि प्रश्न उठाएका छन् ।

कार्यकारी प्रधानमन्त्रीले माथिल्लो तहमा भ्रष्टाचार बढ्यो भनेर अभिव्यक्ति दिएको, आफ्नै दलको बैठकमा मन्त्रीहरुबारे भ्रष्टाचारको अभियोग लगाइएको र तीन वटा मोबाइल सम्पत्ति विवरणमा देखाएका प्रधानमन्त्रीको सिरानीबाट १२ हराएको समाचारबारे आलोचना भएको थियो ।

सभासद भवानी खाुपङले भने, ‘‘तीन वटा मोबाइल हुने प्रधानमन्त्रीको सिरानीमा १२ लाख  कसरी आयो ? संसदमा प्रष्ट पार्नुप-यो ?’’ उनले प्रधानमन्त्रीको कार्य र करणीमा तालमेल नखाएको बताए ।

अर्का, सभासद यज्ञराज सुनुवारले प्रधानमन्त्रीले माथिल्लो तहमा भ्रष्टाचार बढ्यो भनेर गैरजिम्मेवार अभिव्यक्ति दिएको बताए । उनले भने, ‘‘कार्यकारी प्रधानमन्त्रीले कसलाई गुहार माग्नुभएको हो ? संसदलाई हो भने सहयोग गर्नुप-यो ?’’

सांसदहरुले पछिल्लो घटनाहरुले मन्त्रीहरुको सम्पत्तिविरणबारे प्रश्न उठेको बताएका थिए । शून्य समयमा बुद्धिराम भण्डारी, जयन्त चन्द, बाबुराम पोखरेल, पम्फा गिरी,  भरतबहादुर शाह, भवानी खापुङ, महेन्द्र शाही, मानबहादुर थारु, यज्ञराज सुनुवार, मोहन बानियाँ, मिलनकुमारी राजवंशी, मीना पुन, रञ्जनाकुमारी सरकार, रञ्जना श्रेष्ठलगायत १९ जनाले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>