समाचारबिहीबार, आश्विन ३०, २०७१

मुस्ताङमा थप पाँच जनाको शव भेटियो

हिमालखबर

हिमपातमा परेर बेपत्ता भइरहेकाहरुको खोजीका लागि गएको टोलीले दुई नेपाली, दुई इजरायल र एक पोल्याण्डका छन् । सेनाले हराइरहेकाहरुको खोजीका लागि चार वटा हेलीकोप्टर पठाएको छ ।

मुस्ताङ र मनाङमा अझै सयौं पर्यटकहरु हराइरहेको अनुमान गरिएको छ ।

s

तस्वीरः नेपाली सेना


 

हिमपातमा २४ जनाको मृत्यु

मुस्ताङ र मनाङमा परेको हिमपातमा २४ जनाको मृत्यु भएको छ, भने १९ जना घाइते भएका छन् ।

मुस्ताङको डम्पक्याम्प हिमपातमा १६ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।  ‘हुडहुड’का कारण परेको हिमपातमा परेर नौ जना नेपाली, तीनmustang जना पोल्याण्ड, तीन जना इजरायल र एक जना भियतमानका नागरिकको मृत्यु भएको छ ।

थोराङ भन्ज्याङ गरेर मुस्ताङ आउँदै गरेका उनीहरु हिमपातमा परेको सूचना पाउनासाथ नेपाली सेना उद्धारमा खटिएका थिए ।

घाइतेहरुलाई काठमाडौं र पोखरा ल्याइएको छ । मृतकहरुको पहिचा नभएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले बताए ।

२८ असोज साँझ हिउँमा पर्यटक पसेको सूचना प्राप्त भएपछि जोमसोमस्थित नेपाली सेनाको उच्च शिखर सैनिक शिक्षालय र जिल्ला प्रहरी कार्यालयको टोली परिचालन गरेर उद्धार गरिदैछ ।

उता, मनाङमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन नेपाल र पाँच विदेशी छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>