समाचारबुधबार, आश्विन २९, २०७१
‘८ माघपछि युवा प्रधानमन्त्रीले देश चलाउँछ’
२९ असोजमा झापाको बिर्तामोडमामा थारु कल्याणकारी सभाको २१ औं महाधिबेशन उद्घमटन गर्दै प्रधानमन्त्री कोइरालाले भने, “संबिधान बनिसकेपछि कुर्सीमा बसिरहन्न, त्यसपछि युबा पुस्ताले देशलाई अघि लैजानुपर्छ ।”
उनले निकट भबिष्यमा मुलुकले गतिरोधबाट निकास सहितको अग्रगामी बाटो समात्ने बताए । प्रधानमन्त्री कोइरालाले संबिधान निर्माणको चरणमा रहेको उल्लेख गर्दै यस्तो बेलामा आन्दोलन गरिए राजनीतिक उपलब्धीहरु ग्ुाम्ने खतरा रहेको पनि बताए ।
प्रधानमन्त्री कोइरालाले शान्ति र सहमतिको बाटो भएर बढ्दा निर्धारित मितिमै संविधान बन्ने बताए ।
गोपाल गड्तौला, झापा
