समाचारबुधबार, आश्विन २९, २०७१

व्यस्त दाहाल

हिमालखबर

dahalउनले २९ असोजमा संविधानसभाका झण्डै आधा दर्जन दलका नेताहरुलाई भेटे । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई विहानै सिंहदरवारस्थित एमाले संसदीय दलको कार्यालयमा भेटेका छन् । त्यसपछि कांग्रेसका बरिष्ठ नेता शेरबहादुर र कांग्रेसका अर्का नेता कृष्णप्रसाद सिटौलालाई भेट्न पुगे ।

आफ्नै दलका नेता डा.बाबुराम भट्टराई सभापति रहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठकदेखि उनी आफ्नो मोर्चाका नेताहरुलाई समेत भेटिरहेका छन् । २९ असाजमै उनले मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादवलाई भेटे ।

यी भेटघाट गर्न दाहाललाई उनी संयोजक रहेको उच्च स्तरीय राजनीतिक समितिले सहयोग पु-याएको छ । शान्ति प्रकृयाका बाँकी काम टुंग्याउनेगरी बनाइएको समितिमार्फत उनले भेटघाटलाई तीव्र पारेका हुन् ।

२२ दलको मोर्चा बनाएर आन्दोलन घोषणा गरेका दाहालले त्यसलाई बृहत बनाउनेबारे पनि आफै सक्रिय भएका छन् । संघीय समाजवादी पार्टी नेपालका एक नेताले भने, ‘‘मोर्चामा आवद्ध धेरै पार्टी नाम मात्रको भएकाले दाहाललाई नैतिक दबाब सृजना भएको छ ।’’ उसोत, सडक आन्दोलन सोचें जस्तो नभएकाले पनि दाहाल चिन्तित हुनु स्वभाविक रहेको ती नेता बताउँछन् ।

कांग्रेस एमालेले सहमति नभए बहुमत पु-याएर संविधान घोषणा गर्ने अडान नछोडेकाले दाहाल त्यसलाई रोक्न सक्रिय भएको देखिन्छ । उनले अहिले सडक र सदन दुवैतिरबाट दबाब दिने रणनीति लिएकाले पनि व्यस्तता बढी देखिन्छ ।

संविधानसभाले ३० असोजसम्म पनि सहमति नभए ३१ असोजमा प्रश्नावली तयार पार्न निर्देशन दिइसकेको छ । दलहरुबीच, राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायत विषयमा सहमति हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>