थप समाचारबिहीबार, आश्विन ३०, २०७१
मैथिली भाषाको विकिपिडिया बन्यो
छ वर्षदेखि परीक्षणका रूपमा रहेको मैथिली विकिपिडिया फाउन्डेसनको भाषा समितिबाट पारित भएको विकिमिडिया नेपालले जनाएको छ ।
विकिपिडियाको मैथिली पृष्ठको निर्माणबाट मैथिली भाषामा पनि अनलाइन विश्वकोशको सुरुवात भएको छ । विकिपिडिया सबैले लेख्न र सम्पादन गर्न मिल्ने अनलाइन विश्वकोष हो ।
विकिमिडिया नेपालका अध्यक्ष गणेश पौडेलले सन् २००८ देखि मैथिली भाषाको विकिपिडिया परीक्षण गरिरहेकामा छ वर्षपछि यसले स्वीकृति पाएको बताए । राजविराजका विप्लव आनन्दले मात्र यसमा ८०० भन्दा बढी शीर्षकमा लेख बनाएका छन् ।
विकिपिडिया पृष्ठमा राख्ने लोगो लगायतका केही सामान्य व्यवस्था मिलाएर यो हप्ताभरिमा नै मैथिली विकिपिडिया सार्वजनिक गरिने विकिमिडिया नेपालले जनाएको छ । इन्टरनेटमा mai.wikipedia.org टाइप गरेर मैथिली विकिपिडिया पढ्न र त्यसमा नयाँ जानकारी थप्न सकिने छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
