समाचारबिहीबार, आश्विन ३०, २०७१

निर्णायक दिन

हिमालखबर

eee

सिंहदरवारमा ३१ असोजमा बसिरहेको संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिको बैठक ।

आज (३० असोज) सहमति जुट्न नसके ३१ असोजमा प्रश्नावली तयार पार्न संविधानसभाले निर्देशन दिएको छ । सहमतिका लागि एक दिन मात्रै बाँकी रहँदा प्रमुख दलका शीर्ष नेताहरुले अनौपचारिक तथा औपचारिक बार्तालाई तीव्र बनाएका छन् ।

अहिले सम्वाद समितिको बैठक बसिरहेको छ । दलहरुबीच राज्यको पुनःसंरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली, न्याय प्रणालीलगायतका विवादित विषयमा छलफल भइरहेको समितिका सभापति डा.बाबुराम भट्टराईले बताए ।

कांग्रेस, एमाले सहमति नभए बहुमतबाट पारित गर्नुपर्ने पक्षमा छन् भने एमाओवादी, मधेस केन्द्रीत दल र साना दलहरु सहमतिबाट संविधान जारी गर्नुपर्ने बताउदै आएको छ । कांग्रेस एमालेको विपक्षमा रहेको यो मोर्चाले ३१ असोजमै काठमाडौंमा आमसभाको आयोजना गरेको छ ।

यसर्थ, आजको दिन संविधान निर्माणका लागि निर्णायक दिन हुनेछ । आज सहमति हुन नसके बहुमतबाट पारित गराउने वा कार्यतालिका परिवर्तन गर्नुपर्नेछ । यसअघि, २ असोज र २४ असोजमा समितिलाई सहमतिका लागि म्याद थप गरिएको थियो ।

एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संघीयताबाहेक अन्य विषयमा सहमति जुटिसकेकाले आज दलहरुबीच सहमति जुट्ने विश्वास दिलाएका छन् । कांग्रेस एमालेले भने सहमति जुट्न नसके प्रश्नावलीबाट संविधान निर्माणको बाटो खोल्नुपर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>