समाचारबिहीबार, आश्विन ३०, २०७१
थप ४ सभासदको मनोनयन
मन्त्रिपरिषदबाट मनोनित हुन बाँकी सभासदमध्ये एमाओवादीको सिफारिसमा राममाया बोगटी, श्यामकुमार श्रेष्ठ, जनकराज जोशी र जनक बुढालाई ३० असोजमा बसेको मन्त्रिपरिषद बैठकले सभासदमा मनोनयन गर्ने निर्णय गरेको छ ।
मनोनयन हुने कुल २६ सभासदमध्ये यसअघि मन्त्रिपरिषदले १७ जनाको मनोनयन् गरिसकेको छ ।
अब नेपाली कांग्रेसका तर्फबाट एक जना र मधेशी तथा साना दलहरुका तर्फबाट ४ जना सभासद मनोनयन् हुन बाँकी छन् ।
४ मंसीरमा संविधानसभा निर्वाचनपछि २७ माघमा नयाँ सरकार गठन भए पनि अहिलेसम्म संविधानसभाले पूर्णता पाउन सकेको छैन ।
