समाचारबिहीबार, आश्विन ३०, २०७१
विवादित विषयः सहमति नभए प्रकृयाबाट
संविधानका मुख्य विवादित विषयहरु राज्यको पुनःसंरचना, शासकीय स्वरुप तथा निर्वाचन र न्याय प्रणालीबारे सबै दलले सहमतिका लागि आ–आफ्ना प्रस्ताव राखे पनि सहमति नहुने देखिएपछि अब प्रक्रियामा जानका लागि भए पनि सहमति खोजिने भएको हो ।
विवादित विषयमा सहमति जुटाउने ३० असोजको अन्तिम दिन पनि सहमतिको प्रयास गरिने र सहमति नभए प्रक्रियामा जानका लागि सहमति खोज्ने गरी बैठक सम्पन्न भएको समितिका सभापति डा. बाबुराम भट्टराईले जानकारी दिए ।
संविधानमा उल्लेख गरिने मुख्य विवादित विषयमा तीन प्रमुख दल नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री सुशील कोइराला, नेकपा एमालेका नेता माधवकुमार नेपाल र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले सहमतिका लागि आ–आफ्ना दलका धारणा राखे ।
