समाचारबिहीबार, आश्विन ३०, २०७१
विद्युत प्राधिकरणमा काफ्ले र राससमा बस्नेत नियुक्त
३० असोजमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मुकेशराज काफ्ले र राष्ट्रिय समाचार समिति (रासस) को महाप्रबन्धकमा नायब महाप्रबन्धक श्रीरामसिंह बस्नेतलाई नियुक्त गरेको छ ।
दुई वर्षअघि भएको विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको खुल्ला प्रस्पिर्धामा काफ्ले दोस्रो स्थानमा थिए।
प्राधिकरणका तत्कालिन प्रबन्ध निर्देशक रामेश्वर यादव भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि उनी हटाएका थिए ।
त्यसपछि मन्त्रालयले तत्कालका लागि अर्जुन कार्कीलाई प्रबन्ध निर्देशक बनाए पनि गत असारमा कार्कीलाई क्षेत्रीय प्रशासक बनाएपछि प्रबन्ध निर्देशक पद खाली भएको थियो।
सर्वोच्च अदालतले पनि रामेश्वर यादवको स्थानमा काफ्लेलाई नियुक्ति दिनुपर्ने फैसला गरेको थियो।
यसै अनुसार मन्त्रिपरिषदले काफ्लेलाई बाँकी अवधि करिब तीन वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।
