समाचारबिहीबार, आश्विन ३०, २०७१

प्रमुख दलका नेताहरु रातभर गोप्य बैठकमा

हिमालखबर

नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउँन प्रमुख तीन दलका शीर्ष नेताहरु गोकर्ण रिर्साेटमा  छलफल गर्दै ।

नयाँ संविधानका विवादित विषयमा सहमति जुटाउँन प्रमुख तीन दलका शीर्ष नेताहरु गोकर्ण रिर्साेटमा छलफल गर्दै ।

संविधानसभाले ३० असोजसम्ममा सहमति जुटाउन समय दिएकाले ३१ असोज विहानसम्म सहमतिमा पुग्नेगरी बैठकमा बसेको बताइएको छ । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईको संयोजनमा कांग्रेस, एमाले र एमाओवादीका नेताहरु बैठकमा बसेका हुन् ।

उनीहरु गोकर्ण रिर्साेटमा बसेका छन् । रातभर छलफल गर्नेगरी बैठकको व्यवस्थापन गरिएको स्रोतले जनाएको छ ।

संविधानसभाले ३० असोजसम्म सहमति कायम हुन नसके ३१ असोजमा प्रश्नावलीसहित संविधानसभामा आउन निर्देशन दिएको छ । तर, रातभर बसेर भएपनि सहमति कायम गराउन यो बैठक आयोजना गरिएको छ ।

नयाँ संविधानका संघीयता, शासकीय स्वरुप, निर्वाचन र न्याय प्रणालीमा दलहरुबीच विवादत छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>