समाचारशुक्रबार, आश्विन ३१, २०७१

सहमति हुन नसक्दा प्रतिवेदनबारे अन्योल

हिमालखबर

संविधानका अन्तर्वस्तुमा भएका सहमति र असहमतिका विषयहरुको प्रतिवेदन संविधानसभा अध्यक्षलाई बुझाउने अन्तिम दिन आज (३१ असोज) सम्मभए पनि असहमतिका विषयहरुलाई प्रश्नावलीका रुपमा बुझाउने वा सहमति र असहमतिका बुँदा मात्रै राख्ने भन्नेमा दलहरुबीच अन्योल रहेको नेताहरुले बताएका छन्।

३१ असोजमा तीन दलका शीर्ष नेताहरुको र त्यसपछि बस्ने संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिको बैठकपछि मात्रै ठोस निष्कर्ष आउने उनीहरुको भनाई छ।

३० असोज राति बसेको बैठकमा दलहरुबीच सहमति हुन नसकेपछि प्रक्रियामा जानको लागि सहमति खोज्नेगरी संवाद समितिका नेताहरुले बैठक टुङ्ग्याएका थिए।

समितिले असहमतिका विषयहरुमा प्रश्नावली सहितको प्रतिवेदन सभामुखलाई बुझाउनु पर्ने भनिए पनि एमाओवादी भने प्रश्नावली बनाउने र प्रक्रियामा जाने पक्षमा नरहेको एमाओवादी नेता शक्ति बस्नेतले बताएका छन्।

दलहरुले आफ्ना अडान नछोडेका कारण ३१ असोजमा बस्ने बैठककले लिने निर्णयबारे अझै अन्योल छ ।

असहमतिका बुँदाहरुलाई प्रश्नावलीको रुपमा प्रस्तुत गर्ने गरी संविधानसभा सचिवालयले काम गरिरहेको समितिका सदस्य एवं नेपाली कांग्रेसका सह–महामन्त्री पुर्णबहादुर खड्काले बताएका छन्।

कानूनमन्त्री नरहरी आचार्यले भने १ कात्तिकमा बस्ने संविधानसभाको बैठकले संवाद समितिको कामबारे छलफल गर्ने हुनाले त्यसबेला सम्ममा पनि सहमति हुन सक्ने बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>