समाचारशुक्रबार, आश्विन ३१, २०७१
मानवअधिकार आयोगमा सिफारिस भएका सबै अनुमोदित
३१ असोजमा बसेको समितिको बैठकले संवैधानिक परिषदबाट सिफारिस गरिएका अध्यक्ष अनुपराज शर्मा, सदस्यहरू प्रकाश वस्ती, मोहना अन्सारी, गोविन्द पौडेल र सुदीप पौडेललाई अनुमोदन गरेको हो । अव उनीहरुलाई राष्ट्रपतिले नियुक्ति दिनेछन् ।
परिषदको सिफारिमा समावेशी नभएको भन्दै समितिका सदस्यहरुले कुरा उठाएपछि उनीहरुको नाम अनुमोदन हुन सकेको थिएन ।
