समाचारशुक्रबार, आश्विन ३१, २०७१
शान्ति नआएसम्म गरिबी हट्दैनः प्रधानमन्त्री
३१ असोजमा भएको कार्यक्रममा उनले गरिबी हटाउनु शान्तिपूर्ण वातावरण पूर्वसर्त रहेको बताए । अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसका अवसरमा सहकारी तथा गरिबी विकास मन्त्रालय, संयुक्त राष्ट्रसङ्घ र राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) ले संयुक्त रूपमा कार्यक्रम गरेका थिए ।
प्रधानमन्त्री कोइरालाले भने, ‘‘शान्ति र स्थायित्व ल्याउन संविधान लेख्ने काम भइरहेको छ, संविधान बनेर प्रजातान्त्रिक प्रणालीको विकास भएपछि नेपालमा गरिबी हट्छ ।”
उनले १० वर्षभित्र मुलुकलाई कायापलट गरी स्वदेशमै युवालाई काम गर्ने अनुकूल वातावरण सिर्जना गर्ने बताए ।
