समाचारशुक्रबार, आश्विन ३१, २०७१
पर्यटन बोर्डको अनियमिताबारे पूर्वमन्त्री श्रेष्ठलाई बोलाइने
चरणबद्ध छानबिन र आवश्यक जानकारी लिइरहेको समितिको ३१ असोजमा बसेको बैठकले उक्त अनियमिततासँग जोडिएका मन्त्री श्रेष्ठलाई समितिमा बोलाउने निर्णय गरेको हो ।
बोर्डमा चरम आर्थिक अनियमितता भएको भन्दै त्यससँग संलग्न सबैलाई जानकारी लिन बोलाइने भएको छ । समितिले ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण सङ्घ (एनएमए) होटल एसोसिएसन नेपाल (हान) का पदाधिकारीलाई पनि छानविनका लागि बोलाउने भएको छ ।
बैठकमा अधिकांश सदस्यले बोर्डभित्रको आर्थिक अनियमितता संवेदनशील विषय भएको र त्यसमा तत्कालीन मन्त्री र सचिवसहित सदस्य संस्थाहरूको मिलेमतो हुनसक्ने आशङ्का जनाउँदै सबैसँग जानकारी दिलुपर्ने आवाज उठाएपछि समितिले आगामी ३ कात्तिकमा उनीहरुलाई बोलाउने निर्णय गरेको हो ।
समितिले बोर्डका पदेन अध्यक्ष रहेका तत्कालीन पर्यटन सचिव सुशील घिमिरे, सहसचिव रञ्जनकृष्ण अर्याल, अर्थमन्त्रालयका सहसचिव डिल्ली सिटौला, सदस्य संस्थाहरू नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल एयरलाइन्स र बोर्ड सदस्यहरूसँग समितिले जानकारी लिइसकेको छ ।
