समाचारशुक्रबार, आश्विन ३१, २०७१

तराईमा बहुप्रदेश: थारु कल्याणकारी सभा

हिमालखबर

झापाको विर्तामोडमा जारी थारु कल्याणकारी सभाको महाधिवेशनले ३१ असोजमो जारी गरेको २१ बुदे घोषणा पत्रमा तराईमा पनि पहाड जस्तै बहु प्रदेश हुनुपर्ने, थारु भाषामा विद्यालय शिक्षा लिन पाउनुपर्ने, थारु भाषमा सञ्चारमाध्यम चलाउन र पुस्तक प्रकाशन गर्न सरकारले अनुदान उपलब्ध गराउनु पर्ने मागहरु छन् ।

त्यसैगरी सभाले मुक्त कमलहरीलाई गाँसबासको व्यवस्था गर्नुपर्ने, थारु आन्दोलनका क्रममा भएका सहमति र सम्झौता कार्यन्वयन गर्नुका साथै शहीद परिवारलाई राहत उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।

महाधिबेशनमा घोषणा पत्र पारित भएपछि अध्यक्ष चन्द्रकुमार चौधरीले केन्द्रीय कार्यसमिति विघटन भएको घोषणा गरका छन् ।
यसैबीच सभाको नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष चन्द्रकुमार चौधरी सहित राजेन्द्रकुमार चौधरी र धनीराम चौधरीले उम्मेदवारी दिएका छन् ।
१ कार्तिकमा सभाको नयाँ नेतृत्व चयन हुने भएको छ ।

तीन दिनअघि प्रधानमन्त्री शुशिल कोइरालाले उद्घाटन गरेको महाधिबेशनमा मुलुकभरका ५०० थारु प्रतिनिधिहरुको सहभागिता छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>