समाचारशनिबार, कार्तिक १, २०७१
एमालेको चियापान आज
केन्द्रीय कार्यालय मदननगर, बल्खुमा हुने चियापान समारोहमा प्रधानमन्त्री सुशील कोइरालालगायत मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, सुरक्षा निकायका उच्च अधिकारी, पूर्व प्रम, पूर्व मन्त्री, पूर्व राजदूत र वर्तमान राजदूत, उद्योगपति, अधिवक्ता, पत्रकारहरुलाई आमन्त्रण गरिएको पार्टीले जनाएको छ ।
त्यसैगरी, राजनीतिक दलहरुमा नेपाली कांग्रेस, एकीकृत नेकपा माओवादी, नेकपा–माओवादी, नेकपा माले, सङ्घीय समाजवादीलगायतका पार्टीका पदाधिकारी, सबै पार्टीका जनवर्गीय सङ्गठनका प्रमुखहरुको चियापानमा सहभागी हुने कार्यक्रम रहेको छ ।
१० हजार पार्टी कार्यकर्ता र पाँच हजारभन्दा बढी अन्य अतिथि गरी १५ हजारभन्दा बढीलाई निमन्त्रणा गरिएको छ । चियापान समारोह मध्याह्न १२ बजेदेखि दिउँसो ४ बजेसम्म जारी रहने कार्यक्रम तय भएको छ ।
तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारीले २०५१ सालको दशैंको अवसरमा शुभकामना तथा चियापानको आयोजना गरेका थिए । त्यसपछि हरेक वर्ष चियापान कार्यक्रम हुँदै आएको छ ।
