समाचारशनिबार, कार्तिक १, २०७१
तीन दलबीच छलफलः सहमति हुन सकेन
१ कात्तिक विहान बसेको कांग्रेस, एमाले र एमाओवादी शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाउन सकेनन् ।
बैठकपछि एमाले बरिष्ठ नेता माधवकुमार नेपालले भने “माघ ८ भित्र नयाँ संविधान जारी गर्ने गरी काम गर्नुपर्छ र गम्भीर रुपमा विवादित विषयमा टुङ्गो लगाउन ढिलाइ गर्न हुँदैन ।” उनले विवादित विषयमा सहमति जुटाउन एमाओवादी गम्भीर हुनुपर्ने बताए ।
दलहरुबीच, राज्यको पुनःसंरचना, शासकीय स्वरूप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा सहमति जुट्न सकेको छैन ।
