समाचारआइतबार, कार्तिक २, २०७१
विवादित विषय संविधानसभामा पेश हुँदै
२ कात्तिक दिउँसो तीन बजे बस्ने बैठकमा संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा.बाबुराम भट्टराईले बुझाएको प्रतिवेदन संविधानसभामा सभामुख सुवासचन्द्र नेम्वाङले प्रस्तुत गर्दैछन् । प्रतिवेदन प्रस्तुत गरेपछि ४ कात्तिकमा यसबारे निर्णय लिइने सभामुख नेम्वाङले बताए ।
संविधानसभाले दोस्रो पटक थपिएको समय ३० असोजमा सकिएपछि प्रकृया(बहुमत)बाट टुंग्याउने वा पुनः समय थप गर्नेबारे ४ कात्तिकको बैठकले निर्णय गर्नेछ ।
संघीयता, शासकीय स्वरुप, निर्वाचन प्रणाली र न्याय प्रणालीमा दलहरुबीच सहमति जुट्न बाँकी छ ।
