समाचारसोमबार, कार्तिक ३, २०७१
पेट्रोलियम पदार्थको मूल्य घट्यो
नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर २ रुपैयाँ ५९ पैसा तथा डिजेल र मट्टितेलमा प्रति लिटर २ रुपैयाँ ६ पैसा मूल्य घटाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेको र निगमले गत १३ असोजमा स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेकोले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता मुुकुन्दप्रसाद घिमिरेले जानकारी दिए ।
घिमिरेका अनुसार पेट्रोलको काठमाडौँको खुद्रा मूल्य १३० रुपियाँ ४७ पैसा तथा डिजेल र मट्टितेलमा १०३ रुपियाँ हुन आउँछ ।
इन्डियन आयल कर्पोरेसनले गत ३० असोजमा घटेको मूल्यसूची नेपाल आयल निगमलाई पठाएको थियो ।
