समाचारसोमबार, कार्तिक ३, २०७१

दाहालले षडयन्त्र गरिरहेका छन्ः ओली

हिमालखबर

दाहालले षडयन्त्र गरिरहेका छन्ः ओलीएमाले अध्यक्ष ओलीले संविधानसभाबाट संविधान आउन नदिन दाहालले दोहोरो चरित्र निर्वाह गरिरहेको आरोप लगाएका हुन् । रिपोर्टर्स क्लबले ३ कात्तिकमा गरेको साक्षात्कार कार्यक्रममा उनले भने, “२२ दलका २२ सय मान्छे जम्मा पारेर प्रचण्डले संविधान जारी हुन नदिने षडयन्त्र गरिरहेका छन् ।”

‘संविधान निर्माण गर्न लाग्छु’ भन्ने शर्तमा दाहाललाई उच्चस्तरीय राजनीतिक समितिको संयोजक बनाइएको ओलीको भनाइ छ । “देशलाई तल पारेर प्रचण्ड आफू ठूलो हुने योजनामा छन्,” उनले भने, “तर, एमालेले त्यो योजना पूरा हुन दिँदैन ।”

उनले माओवादी र मधेशवादी दल सहमतिमा नआउने हो भने उनीहरुको आन्दोलनको सामना गर्दै प्रक्रियाबाट संविधान जारी गने चेतावनी दिए । “संविधान निर्माणको बेला कसैले कसैलाई धम्की नदिए हुन्छ,” उनले भने ।

उनले एमाओवादी र मधेशवादी दलले चाहे जस्तो धेरै प्रदेशमा जान नसकिने बताए । उनले सहमतिका लागि बढीमा ६ प्रदेशसम्ममा जान सकिने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>