समाचारसोमबार, कार्तिक ३, २०७१
थप तीन पर्यटकको शव निकालियो
मनाङको फु गाविसमा हिमपहिरोले पुरिएर बेपत्ता भएका दुई जना भारतीय पर्यटक सुनिल सेन र जना तथागतको शव निकालिएको हो । यस्तै, मुस्ताङमा पनि एक इजरायली महिला पर्यटकको शव हिउँबाट निकाली हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।
त्यस्तै, मुस्ताङमा २ कात्तिकमा मात्रै नौ पर्यटकको शव भेटिएको थियो । उनीहरुको सनाखत हुन सकेको छैन ।
२८ असोजको हिमपहिरोमा पुरिएर मर्नेको सङ्ख्या ३२ पुगेको छ । मुस्ताङमा २४, म्याग्दीमा पाँच र मनाङमा तीन पर्यटक मृत फेला पारिएको क्षेत्रीय प्रहरी कार्यालय पोखराले जनाएको छ ।
