समाचारसोमबार, कार्तिक ३, २०७१
देउसी भैलो खेल्ने समय थपियो
यसअघि साँझ ७ बजेपछि देउसी भैलो नखेल्न मन्त्रालयले सूचना जारी गरेको थियो । तर, मन्त्रालयले ३ कात्तिकमा विज्ञप्ती जारी गरेर दुई घण्टा समय थपिएको जनाएको छ ।
मन्त्रालयले साँझमै देउसी नखेल्न निर्देशन दिएपछि विभिन्न क्षेत्रबाट आपत्ति जनाइएको थियो ।
