थप समाचारसोमबार, कार्तिक ३, २०७१
अर्कैको नामको चेक साट्ने पक्राउ
गत ३० असोजमा हितेश अग्रवालको नाम रहेको एनआइसी एसिया बैंकको रु एक लाख
६० हजारको दस्तखत गरेको चेक अनाधिकृतरुपमा प्राप्त गरी रकम निकाल्ने ललितपुरका शरणकुमार डङ्गोल र नुवाकोटका होमबहादुर तामाङलाई प्रहरीले लाजिम्पाटबाट पक्राउ गरेको हो ।
चेकबाट रकम निकाली फरार रहेका उनीहरूलाई सादा पोसाकमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
