समाचारबुधबार, कार्तिक ५, २०७१
बस, ट्रक र ट्यांकर ठोक्किंदा ५ को मृत्यु
अमलेखगञ्जमा ५ कात्तिक विहान बस, ट्रक र ट्याङकर एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
घाइतेमध्ये १५ जनालाई हेटौंडा अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि चितवन पठाइएको छ ।
वीरगञ्जबाट हेटौंडातर्फ आइरहेको ना४ख १५४४ नम्बरको बससँग ना३ख ६२८५ नम्बरको र ना२ख८७११ नम्बरको ट्यांकर ठोक्किंदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताए ।
एकअर्कालाई उछिन्ने क्रममा दुर्घटना भएको हो ।
